माण्डव्यको ‘मेरो झण्डा फरफराउँछ’ गित सार्वजनिक (भिडियो सहित)

तामसालिङ खबर
२० मंसिर २०७८, सोमबार ०६:२३

मंसिर, काठमाण्डौ – राष्ट्रिय धरोधर संरक्षणका अभियान्ता राजानन्द माण्डव्यको ‘मेरो झण्डा फरफराउँछ’ गीतकाे भिडियाे सार्वजनिक भएकाे छ ।

विगत लामो समयदेखि राष्ट्रिय पोशाक र राष्ट्रिय झण्डाको संरक्षणका लागि आवाज उठाउँदै आएका माण्डव्यले लेखेको यो गीतमा राष्ट्रिय झण्डाको महत्वलाई दर्शाउन खोजिएको छ । गीतमा रमेश सेन्चुरीले रेकर्डिङ र मिक्सिङ भरेका छन् । गीतमा माण्डव्य र तिलक बस्नेत बस्नेत दुवैको स्वर सुन्न सकिन्छ ।

सन्चु थोकरको छायांकन रहेको गीतको भिडियो निर्देशन गोविन्द राईले गरेका छन् । गीतको भिडियोमा वरिष्ठ संगीतकार शिला बहादुर मोक्तान, गायिका कुन्ती मोक्तान, सुरवीर पण्डित, पूर्व प्रहरी सुपरिवेक्षक सुदिप आचार्य, राष्ट्रिय अविष्कार केन्द्रका संस्थापक महावीर पुन लगायतका व्यक्तिहरुलाई देख्न सकिन्छ ।

निर्देशक राईले राष्ट्रिय गीत भएकाले अन्य भिडियाेभन्दा फरक तरिकाले भिडियाे बनाएकाे बताए । भिडियाेमा झण्डाकाे महत्व बुझाउन हरेक क्षेत्रका व्यक्तित्वलाई आफूले समेट्ने प्रयास गरेकाे उनकाे भनाइ छ ।

राष्ट्रिय झण्डाकाे जन्म आजभन्दा २५०० वर्ष अघि भएकाे बताउँदै उनले भने, “झण्डाकाे संरक्षण र महत्त्वकाे बारेमा बुझाउन यस गीतले उल्लेख्य भूमिका खेल्नेछ ।”

कार्यक्रममा भिडियाे निर्माणमा प्रत्यक्ष अप्रत्यक्ष सहयाेग पुर्‍याउनहरुलाई कदरपत्रद्वारा सम्मान गरिएकाे थियाे ।

भिडियो हेर्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*