खानीमा गुन्डागर्दी शैलीको गतिविधि तत्काल बन्द गर – नेकपा एस

तामसालिङ खबर
१९ मंसिर २०७८, आईतवार ०९:१४

मंसिर, मनहरी – राक्सिराङ गाउँपालिका वडा नम्बर ४ मा रहेको रिद्धिसिद्धि सिमेन्ट उद्योगको ढुङगा खानीका कारण पछिल्लो समय विवाद बढ्दै गएकोप्रति नेकपा एकिकृत समाजवादीले आफ्नो धाराणा सार्वजनिक गरेको छ । पार्टिका गाउँपालिका इन्चार्ज कृष्ण बहादुर चेपाङले बिज्ञप्ति जारी गर्दै सोझा सिधा स्थानीय जनता त्रासमा बाँच्न बाध्य भएकोप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

बिज्ञप्तिमा गुन्डागर्दी शैलीमा गतिविधि बढेको भन्दै तत्काल बन्द गर्न आव्हान गरिएको छ । ‘समाजको शान्ति सुरक्षामा नै खलल पुग्ने गरि विवाद सिर्जना गराउने, विभिन्न घटनाको दोष स्थानीय युवाहरुमाथि लगाउने, अनावश्यक मुद्धा, लाञ्छना लगाएर स्थानीयमाथि दबाब र त्रास सिर्जना गराउने, गाउँमा प्रहरी परिचालन गरि सोझा सिधा जनतामािथ धरपकड गर्ने लगायतका दुष्प्रयास भएको छ ।

यी सम्पुर्ण गतिविधि राजनितिक र ब्यवसायिक पहुँचका आधारमा प्रशासनलाई समेत प्रभावमा पारी कसैको निहित स्वार्थका लागि सोझा सिधा जनतामाथि गरिएको चरम अत्याचार हो । यस सन्दर्भमा गुन्डागर्दी शैलीका गतिविधि तत्काल बन्द गर्न र सिर्जित समस्या बार्ता तथा संवादबाट हल गर्न ठेकेदार कम्पनी, सिमेन्ट उद्योग तथा सरोकारवाला सबैलाई आव्हान गर्दछौँ ‘ – बिज्ञप्तिमा भनिएको छ ।

शान्तसँग जीवन जिउन पाउने जनताको नैसर्गिक अधिकार हनन हुने गरि गाउँगाउँमा दबाब र प्रभाव सिर्जना गर्ने/गराउने कार्य कुनैपनि प्रशासनिक निकाय वा जिम्मेवार व्यक्तिहरुबाट नगर्न÷नगराउन पनि बिज्ञप्ति मार्फत सचेत गराइएको छ ।

खानीकै बिषयमा उब्जिएको विवाद पछिल्लो समय सर्वत्र चासको बिषय बन्दै गएको छ । स्थानीय युवाहरु, खानी उत्खननको ठेक्का पाएको ठेकेदार कम्पनी तथा सिमेन्ट उद्योगका बीच पछिल्लो समय समझदारी हुन सकेको छैन ।

खानी क्षेत्र जाने सडक निर्माण गर्ने बिषयमा उत्पन्न विवाद पछिल्लो समय विभिन्न कुटपिट, स्काभेटरमा आगलागी तथा प्रशासनिक मुद्धा मामिलासम्म पुगेको छ ।

बिज्ञप्ति हेर्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*