कांग्रेसको बागमती प्रदेश अधिवेशनमा ५१ प्रतिशत पुगेन, सभापतिमा पुनः मतदान हुने

तामसालिङ खबर
१९ मंसिर २०७८, आईतवार ०६:३५

मंसिर, हेटौडा – नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा ईन्द्रबहादुर बानियाँले बढि मत ल्याएका छन् । सभापतिमा पहिलो हुने बानियाँले ९९२ मत ल्याएका छन् भने दोस्रो हुने जगदिश्वर नरसिंह केसीले ८७२ मत ल्याएका छन् । तेस्रो हुने भीमसेन दास प्रधानले १९७ मत ल्याएका छन् ।

बढि मत ल्याउने बानियाँले ४८ प्रतिशत मत ल्याए । कांग्रेसको विधानमा सभापतिमा खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान अनुसार सभापतिमा पुन मतदान हुने भएको छ ।

पुनः मतदान आज हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल २ हजार १ सय ५१ मतमध्ये २०८३ मत खसेको थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*