दोस्रो मात्रा लगाइसकेका सबैलाई ‘बुष्टर’ खोप लगाउन स्वास्थ्यमन्त्री खतिवडाको आग्रह

तामसालिङ खबर
१९ मंसिर २०७८, आईतवार ०७:२५

मंसिर, काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरसविरुद्धको दुई करोड खोपको मात्रा मौज्दात रहेको बताउँदै दोस्रो मात्रा लगाइसकेका सबैलाई तेस्रो खोप लगाउन आग्रह गरेका छन् ।

नेकपा (एकीकृत समाजवादी) रोशी गाउँपालिका-६ को वडा भेलालाई सम्बोधन गर्दै ‘बुष्टर’का रुपमा दोस्रो मात्रा खोप लगाएकालाई तेस्रो खोप लगाउन आग्रह गरेका हुन् ।

मन्त्री खतिवडाले नेपालमा कोरोना सङ्क्रमणको तेस्रो लहरको जोखिम बढिरहेका बेला तेस्रो खोप लगाउन अनिवार्य भइसकेको बताए । “कोरोनाको तेस्रो लहरको जोखिम बढिसक्यो, स्वास्थ्य मापदण्ड कायमै राख्नुस्, अनि खोप अनिवार्य लगाउनुहोला”, उनले भने ।

मन्त्री खतिवडाले हाल सम्म ६ हजार केन्द्रबाट खोप लगाउने काम भइरहेको उल्लेख गर्दै आगामी पुस १ गतेदेखि १९ हजार केन्द्रमा खोपको व्यवस्था गरिने बताए । उनले भने, “खोप जत्ति पनि उपलब्ध भएकाले लगाउन स्वास्थ्य केन्द्र जान सबैमा आग्रह गर्छु ।” खतिवडाले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*