बागमती प्रदेशकै लामो पक्की पुल सिन्धुलीको हरिहरपुर गढीमा शिलान्यास

तामसालिङ खबर
१९ मंसिर २०७८, आईतवार ०६:१५

मंसिर, सिन्धुली (हरिहरपुर) – सिन्धुलीको हरिहरपुर गढी गाउँपालिका वडा नम्बर २ र ४ जोड्ने पक्की पुलको शिलान्यास भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले वडा नम्बर २ बखफर र वडा नम्बर ४ हाकपरा जोड्ने पक्की पुलको शनिबार शिलान्यास गरिएको हो ।

२ सय ६२ दशमलब ४० मिटर लामो मरिण खोला पुल बागमती प्रदेश सरकारको कुल १९ करोड २४ लाख ४१ हजार ८ सय १७ रूपैयाँ ६३ पैसा लागतमा निर्माण हुने उक्त पुलका निर्माणको ठेक्का हिम्दुङ र थोकर इम्यानुयल सारस जे.भीले पाएको छ ।

गत असार २२ गते निर्माणको लागि सम्झौता गरेको निर्माण कम्पनीले २०७९ पुष २२ गते भित्र पुल निर्माणको काम सम्पन्न गर्नुपर्ने छ । बागमती प्रदेश सरकारले आफ्नै बजेटमा निर्माण गर्न थालेको यो पुल प्रदेशकै नमुना र लामो पुलको रूपमा रहेको बागमती प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव अशोेक शाहले जानकारी दिनुभयो ।

पुल निर्माण सम्पन्न भएपछि स्थानियले उत्पादन गरेका कृषि तथा अन्य उत्पादित सामाग्री तराईका बजार सम्म पुर्याउन र तराईबाट दैनिक उपभोगय सामाग्रीहरू ल्याउन सहज हुने स्थानियको विश्वास छ ।

हरिहरपुर गाउँपालिका अध्यक्ष कारसाङ लामाको अध्यक्षता भएको कार्यक्रममा संघिय संसद हरिवोल गजुरेल, प्रदेश सभा सदस्य बुद्धिमान माझी, विनोद खड्का लगायतको आतिथ्यता रहेको थियो।

त्यस्तै, गाउँपालिका उपाध्यक्ष अनिता कुमारी राई, प्रमुख प्रशासकिय अधिकृत नविन गङ्तान लामा, जिल्ला समन्वय समितीका अध्यक्ष शकरंराज तिवारी, नेकपाको केन्द्रीय सदस्य कमल जगं राइ लगायतको विभिन्न पार्टी प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*