नेकपा माओवादी केन्द्र भिमफेदीमा स्याङतानको नेतृत्व

तामसालिङ खबर
१८ मंसिर २०७८, शनिबार १७:४५

मंसिर, हेटौडा (भीमफेदी) – नेकपा माओवादी केन्द्र भीमफेदी गाउँपालिकाको प्रथम गाउँ सम्मेलन सम्पन्न भएको छ । शनिबार भएको सम्मेलनले बद्रिबहादुर स्याङतानको अध्यक्षतामा ४९ सदस्यीय गाउँ कमिटि सर्बसम्मत चयन गरेको हो ।

कमिटिको बरिष्ठ उपाध्यक्षमा अप्सरा लोप्चन, उपाध्यक्षमा प्रितिलाल लामा, मदन बर्तौला, सचिवमा रञ्जित राना, सह-सचिवमा दिपक गोले, र कोषाध्यक्षमा अमृत बल चयन भएको माओवादी केन्द्र मकवानपुरको प्रचारप्रसार बिभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) ले जानकारी दिनुभयो ।

त्यस्तै सदस्यहरुमा राजुु स्याङतान, प्रदिप सिवाकोटी, सपना लामा, विश्नुमाया थिङ, अन्जु लामा, नानुमाया सुनार, धावा थोकर, सन्जिब शाही लगायत ४९ सदस्यीय चयन भएका छन् । गाउँ कमिटिको पहिलो बैठकले ६ जना मनोनित गरि ५५ सदस्यीयको टिम पुरा हुने प्रमुख पाख्रिनले बताए ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको सम्मेलनमा मकवानपुर जिल्ला पार्टी संयोजक प्रेम बहादुर पुलामी (छिन्तु) को विशेष आतिथ्यता रहेको थियो ।

सम्मेलनमा बागमती प्रदेश कमिटी सदस्य ओमबहादुर ग्लान, सर्केस घलान, पार्टी जिल्ला समन्वय सदस्य लिलाकुमार घलान, आत्माराम मोक्तान, वाइसीएल केन्द्रीय बिभाग सदस्य सरोज पाख्रिन, सुनिल बयलकोटी लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*