माओवादी केन्द्र मकवानपुर गढीको अध्यक्षमा खड्का चयन

तामसालिङ खबर
१७ मंसिर २०७८, शुक्रबार १८:४०

मंसिर, हेटौडा (मकवानपुर गढी) – नेकपा माओवादी केन्द्र मकवानपुरगढी गाउँपालिका कमिटीको अध्यक्षमा राजकुमार खड्का सर्वसम्मत चयन भएको छ । शुक्रबार भएको कार्यक्रममा खडकाको अध्यक्षतामा ४७ सदस्यीय गाउँ कमिटी गठन भएको हो ।

कमिटिको बरिष्ठ उपाध्यक्ष युवराज सापकोटा, उपाध्यक्षहरुमा लिलाबहादुर भुलुन, कृष्णबहादुर घलान, सचिवमा नकुलप्रसाद चौंलागाई, कोषाध्यक्ष राधिका छत्कुली, सह- सचिव सोमबहादुर स्याङतान लगायतको चयन भएको नेकपा (माओवादी केन्द्र) मकवानपुरका जिल्ला प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) ले जानकारी दिए ।

कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य भिमबहादुर पाख्रिन, गढी गाउँपालिका इन्चार्ज मनकुमारी नेपाली समेतको उपस्थितिमा तथा निर्वाचन मण्डलको संयोजक कृष्णप्रसाद घिमिरेको अध्यक्षतामा बसेको बैठकले कमिटीको पदाधिकारी चयन गरिएको पाख्रिनले बताए । पहिलो बैठकले ८ जना मनोनित गरि ५५ सदस्यीय गाउँ कमिटी पुरा गरिने अध्यक्ष खडकाले बताए ।

बैठकमा गढी गाउपालिका निर्वाचन मण्डल सदस्यहरु सन्देश तुम्सिङ मगर , होम कुमार नेपाली लगायतको उपस्थिति रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*