माओवादीको राष्ट्रिय सम्मेलन प्रज्ञा भवनमा हुने

तामसालिङ खबर
१७ मंसिर २०७८, शुक्रबार १५:१७

मंसिर, काठमाडौं – नेकपा माओवादी केन्द्रले काठमाडौं स्थित प्रज्ञा भवनमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले पुष ११ देखी १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनु भयो ।

बैठकले मंसिर २५ गते सबै प्रदेशमा प्रदेश सम्मेलन गर्ने र सम्मेलनको उद्घाटन दिउँसो १ बजे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट गर्ने जानकारी दिनुभयो ।

बैठकमा पार्टीको वडा अधिवेशन सफलताका साथ सम्पन्न भएको निष्कर्ष निकालेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*