माओवादीको पार्टी सदस्यता ८ लाख पुग्ने अनुमान, राष्ट्रिय सम्मेलन प्रज्ञा भवनमा हुने

तामसालिङ खबर
१७ मंसिर २०७८, शुक्रबार १०:२८

मंसिर, काठमाडौं – नेकपा माओवादी केन्द्रले पार्टीको सदस्यता ८ लाख पुग्ने अनुमान गरेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरू सँग कुरा गर्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले पार्टी सदस्यता ८ लाख पुग्ने अनुमान गर्नुभयो ।

उहाँले हालसम्म पार्टीको सदस्यता ७ लाख ६ हजार ५ सय पुगेको पनि जानकारी गराउनुभयो । स्थायी कमिटी बैठकले पार्टीको वडा सम्मेलन सफलता साथ सम्पन्न भएको निष्कर्ष निकाल्दै बाँकी रहेका स्थानमा दुई दिन भित्र सम्मेलन सक्ने पनि जनाएको प्रवक्ता महाराले बताउनुभयो ।

बैठकले पार्टीको राष्ट्रिय सम्मेलन निर्धारित मिति पुष ११ देखि १३ गतेसम्म काठमाडौंस्थित प्रज्ञा भवनमा गर्ने पनि निर्णय गरेको छ ।

त्यस्तै मंसिर २५ गते सबै प्रदेशको प्रदेश सम्मेलन गर्ने र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने पनि प्रवक्ता महराले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*