माओवादी केन्द्रको सदस्य संख्या बागमती प्रदेशमा डेढ लाख नाघ्यो

तामसालिङ खबर
१७ मंसिर २०७८, शुक्रबार ०७:१०

मंसिर, काठमाडौं – बागमती प्रदेशमा नेकपा (माओवादी केन्द्र) को संख्या डेढ लाख नाघेको छ । माओवादी केन्द्र बागमती प्रदेशका सह-इन्चार्ज एवं अध्यक्ष नारायण दाहालले बागमती प्रदेशमा पार्टी सदस्य संख्या डेढ लाख नाघेको जानकारी दिए ।

‘बागमती प्रदेशमा माओवादी केन्द्रको सदस्य संख्या झण्डै १ लाख ५५ हजार पुगेको छ’ अध्यक्ष दाहालले भने । यस अघि पत्रकार, कर्मचारी, मजदुर, युवा, विद्यार्थी सहित भौगोलिक रुपमा बागमतीमा ९२ हजार सदस्य मात्रै थिए । यस पटक पत्रकार, कर्मचारी, मजदुर, युवा, विद्यार्थी लगायतको छुट्टै कमिटि बनेको छ ।

तर, पनि बागमती प्रदेशमा माओवादीको सदस्य संख्या अहिले डेढ लाख नाघेको छ । ‘टोलटोलमा माओवादी प्रति जागरण पैदा भएको छ’ अध्यक्ष दाहालले भने, ‘सदस्य संख्यालाई हेर्दा माओवादी प्रति उत्साह र आकर्षण बढेको पाइन्छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*