प्रेस सेन्टरको राष्ट्रिय सम्मेलन चितवनमा हुने

तामसालिङ खबर
१६ मंसिर २०७८, बिहीबार २०:४४

मंसिर, काठमाडौं – प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय सम्मेलन यही मंसिर १८ र १९ गते चितवनमा हुने भएको छ । राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुर्‍याइएको  छ । सम्मेलनमा ९०० हाराहारी प्रतिनिधि सहभागी हुने छन् ।

सेन्टरका केन्द्रीय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारीका अनुसार सम्मेलनमा ७७ जिल्ला, उपत्यका, एशोसिएट र प्रतिष्ठानका प्रतिनिधि सहभागी हुने छन् । यसै गरी भारत, अमेरिका, बेलायत, मध्यपूर्वी खाडी शाखाबाट समेत प्रतिनिधि सहभागी हुने उहाँले जानकारी दिनुभयो ।

राष्ट्रिय सम्मेलनको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनले विधान संशोधन सँगै तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ । हाल सेन्टरको केन्द्रीय समितिमा २६० सदस्य छन् ।

अधिकारीका अनुसार विधान संशोधन गरेर यो सङ्ख्या घटाउने तयारी गरिएको छ । सम्मेलनमा सहभागी शुक्रबार आउने छन् । सहभागीलाई भरतपुर र गैँडाकोटका होटलमा राखिने छ । सेन्टरको तेस्रो सम्मेलन काठमाडौँमा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*