पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको चौमासिक समीक्षा

तामसालिङ खबर
१६ मंसिर २०७८, बिहीबार ०५:५०

मंसिर, हेटौंडा – बागमती प्रदेशको पशुपञ्छी तथा मत्स्य विकास निर्देशनालय र मातहतका निकायहरुको चालु आर्थिक वर्ष २०७८/०७९ को प्रथम चौमासिकको समीक्षा गरिएको छ । बुधबार निर्देशनालयमा मातहतका कार्यालयका प्रमुखहरुको उपस्थितिमा साउनदेखि कात्तिक महिनासम्म भएका प्रगतिको समीक्षा गरिएको हो ।

निर्देशनालयका निमित्त निर्देशक डा. रामप्रकाश प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा निर्देशनालयका निमित्त निर्देशक डा. रामप्रकाश प्रधानले निर्देशनालयका साथै मातहतका कार्यालयहरुको प्रगति प्रतिवेदन एकमुष्ठ प्रस्तुत गरेका थिए ।

निर्देशनालयले चालु आवको प्रथम चौमासिकमा २५ दशमलव ६६ प्रतिशत वित्तीय र ६२ दशमलव ९४ प्रतिशत भारित प्रगति गरेको सुनाए । निर्देशनालयको कार्यक्षेत्र, उद्देश्य, राजस्व संकलन, विनियोजित बजेट र प्रगति समीक्षाका साथै प्रदेशमा पशुपंक्षीको तथ्यांकसमेत प्रधानले कार्यक्रममा प्रस्तुत गरेका थिए ।

मासु र फुलमा बागमती प्रदेश आत्मनिर्भर भइसकेको बताउँदै प्रधानले दूध, माछाको उत्पादन पनि बढाउँदै लगिएको बताए । दुग्ध विकास बोर्डका निर्देशकसमेत रहेका प्रधानले बोर्डको चौमासिक प्रगतिसमेत प्रस्तुत गरेका थिए । कार्यक्रममा पशुसेवा तालिम केन्द्रका प्रमुख जगतबहादुर सिंखडा लगायतले प्रस्तुतीकरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*