आजदेखि कांग्रेसको प्रदेश अधिवेशन सुरु

तामसालिङ खबर
१६ मंसिर २०७८, बिहीबार ०७:४४

मंसिर, काठमाडौँ – प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेशको अधिवेशन आजबाट सुरु हुँदैछ ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले दिउँसो २ बजे भर्चुअल माध्यमबाट एकै साथ सातै प्रदेश महाधिवेशन उद्घाटन गर्ने तय गरिएको छ । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार प्रदेश अधिवेशनको उदघाटन आज भए पनि निर्वाचन कार्यतालिका भने शुक्रबार मात्रै सुरु हुनेछ ।

प्रदेश १ को अधिवेशन विराटनगरमा, प्रदेश २ को जनकपुरमा, बागमतीको हेटौँडामा, गण्डकीको पोखरामा, लुम्बिनीको बुटवलमा, कर्णालीको सुर्खेतमा र सुदूरपश्चिमको अधिवेशन धनगढीमा हुनेछ । प्रदेश नेतृत्वका लागि संस्थापन पक्ष र इतरपक्षले रणनीतिक तयारी गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*