सबै बर्गको उत्थान गर्ने पार्टी माओवादी केन्द्र हो – इन्चार्ज मोक्तान

तामसालिङ खबर
१४ मंसिर २०७८, मंगलवार ०८:३४

मंसिर, हेटौडा (मकवानपुर गढी) – नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले सबै बर्गको उत्थान गर्ने पार्टी नेकपा माओबादी केन्द्र मात्र भएको बताउनु भएको छ ।

नेकपा माओवादी केन्द्र मकवानपुरगढी गाउँपालीका अधिबेशनको उदघाटन गर्दै उहाँले सबै बर्ग लिंङ्गको उत्थान गर्ने, योजना बनाउने र नेतृत्व गर्ने बिचार माओबादी संग मात्र भएको बताउनु भयो ।

प्रचण्डले राजनितिक रुपमा नेतृत्व नगरेको भए गणतन्त्र, संघियता, धर्म निरपेक्षता परिकल्पना पनि गर्न नसकिने बताउनु भयो । मन्त्री मोक्तानले जनताको छोरा छोरीको रगत, पसिना र बलिदानले आएको परिबर्तन जोगाउने जिम्मेवारी माओबादीको काँधमा आएको बताउनु भयो ।

अधिबेशनलाई सम्बोधन गर्दै माओवादी केन्द्र मकवानपुर समन्वय समितिको अध्यक्ष प्रेमबहादुर पुलामी (छिन्तु)ले कम्युनिष्ट आन्दोलनलाई बिसर्जनबादमा पुर्याउनेहरु बिरुद्ध माओबादीले नेतृत्व गरेर बिभिन्न दललाई समेटेर गठबन्धन बनाएको बताउनु भयो । प्रचण्डकै योगदान र शक्रियताले शेरबहादुर देउवा प्रधानमन्त्री भएको भन्दै काग्रेसलाई अहंकार नगर्न पनि आग्रह गर्नु भयो ।

अधिबेसनलाई सम्बोधन गर्दै नेकपा माओबादी केन्द्र बागमती प्रदेश सदस्य प्रल्हाद लामिछानेले नेकपा माओबादी २०६४ सालको जस्तो जोश जाँगरका साथ अगाडि बढ्ने बताउनु भयो । माओबादीकै ऐजेण्डमा मुलुक अगाडी बढेको भन्दै जनताको भरोसा गर्न लायकको पार्टी माओबादी केन्द्र रहेको बताउनु भयो । माओबादीले ठुलो बलिदान गरेर ल्याएको परिबर्तनलाई केपी ओली र कमल थापाहरु मिलेर उल्ट्याउने र राजतन्त्र फर्काउने षडेन्त्र भईरहेको बताउनु भयो ।

यस्तै अधिबेशनमा बोल्दै वाईसिएल बागमती प्रदेश ईन्चार्ज प्रकाश पाण्डेले मुलुकमा फेरी एक पटक वाईसिएल आबश्यक रहेको बताउनु भयो । ६४ सालको जस्तो उभारमा वाईसिएल फर्किने र मुलुक परिबर्तनको सम्बाह बन्ने बताउनु भयो । हिजो वाईसिएलले कार्बाही गरेका र खेदेका भ्रष्ट र दलालहरु फेरी जुरमुराउन थालेको भन्दै त्यस्ता बिरुद्ध निगरानी गर्न थालिसकेको बताउनु भयो ।

नेकपा माओबादी केन्द्र मकवानपुरगढी गाउपालीका अध्यक्ष राजकुमार खड्काको अध्यक्षतामा भएको अधिबेशनमा गाउँपालीका ईन्चार्ज मानकुमारी पाख्रिन, किसान संगठनका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष यज्ञप्रसाद तिमल्सीना, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सदस्य कृष्ण प्रसाद चौलागाई, नेकपा एकिकृत समाजबादी मकवानपुरगढी गाउँपालीका अध्यक्ष अर्जुन दहाल लगायतकाले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

सम्मेलनका क्रममा दर्जनौ ब्यक्तिहरु पार्टी पुनर्मिलन कार्यक्रममा सहभागि भएका थिए । साथै जनयुद्धमा महत्वपूण योगदान पुर्याउने परिवारका सदस्यहरुलाई सम्मान पनि गरिएको थियो । सम्मानित हुनेहरुमा राममाया पाख्रिन, गौरी ढुङगाना, त्रिर्थ कुमारी भोम्जन र किताव सिं लामा रहनु भएको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*