माओवादी केन्द्र मनहरी र राक्सिराङको गाउँ सम्मेलन आज हुँदै

तामसालिङ खबर
१४ मंसिर २०७८, मंगलवार ०९:५०

मंसिर, हेटौडा (मनहरी) – नेकपा माओवादी केन्द्र मनहरी र राक्सिराङ गाउँकमिटीको प्रथम गाउ सम्मेलन आज हुँदै छ ।

माओवादी केन्द्र मनहरीको सम्मेलन गाउँपालिकाको केन्द्र रजैयाको अग्नीहोत्र आश्रमको सभाहलमा बिहान ११ बजेकाबाट शुरु हुने माओवादी केन्द्र मनहरीका इन्चार्ज राजकुमार पाख्रीनले बताए ।

सम्मेलनको प्रमुख अथिति बागमती प्रदेशका समाजिक बिकासमन्त्री कुमारी मोक्तान रहेको इन्चार्ज पाख्रीनले बताए । कार्यक्रममा ९ वटा वडाका २ सय भन्दा बढी वडाका प्रतिनिधि गरि ५ सय भन्दा बढीको सहभागीतामा सम्मेलन गर्न तयारी पुरा गरेको छ ।

त्यस्तै, नेकपा माओवादी केन्द्र राक्सिराङको प्रथम सम्मेलन पनि आजै हुदै छ । चैनपुरमा बिहान ११ बजे गर्ने गरि सम्मेलनको पुरा गरिएको माओवादी केन्द्र राक्सिराङका इन्चार्ज बनस्तम थिङले बताए । सम्मेलनको प्रमुख अतिथि नेकपा माओवादी केन्द्र बागमति प्रदेश कमिटी सदस्य ओम बहादुर ग्लान रहने इन्चार्ज थिङको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*