बागमती ५ मा माओवादी केन्द्रको वडा सम्मेलन, वडा कमिटिमा भ्लोनको नेतृत्व

तामसालिङ खबर
८ मंसिर २०७८, बुधबार २१:२७

मंसिर, हेटौडा (बागमती) – मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्रको प्रथम वडा सम्मेलन सम्पन्न भएको छ । मंगलबार भएको वडा सम्मेलनबाट पुन: बिजयकुमार भ्लोनको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि सर्बसम्मत चयन गरिएको हो ।

माओवादी केन्द्रको बागमती गाउँपालिका इन्चार्ज हस्तबहादुर थिङ (जयन्त) को प्रमुख आतिथ्यता तथा वडा कमिटिको अध्यक्ष बिजयकुमार ब्लोनको अध्यक्षतामा सम्मेलन भएको थियो।


वडा कमिटिको उपाध्यक्षमा धन बहादुर माझी, सचिबमा सत्यमान लोप्चन, सह-सचिवमा श्रीकृष्ण बिक र कोषाध्यक्षमा पार्वती माझी लगायत चयन भएको छ ।

सम्मेलनमा पार्टी गाउँपालिका कमिटि अध्यक्ष अरुण बल, कानुनी सल्लाहकार प्रेम थोकर, गाउँपालिका सचिवालय सदस्य बुद्धिमान माझी, ५ नम्बर वडा इन्चार्ज कुमार थापा मगर लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*