मकवानपुरको बागमती ३ मा माओवादी केन्द्र वडा सम्मेलन, अध्यक्षमा थिङ

तामसालिङ खबर
८ मंसिर २०७८, बुधबार २०:५१

मंसिर, हेटौडा (बागमती) – मकवानपुरको पुर्बी क्षेत्र बागमती गाउँपालिका वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रको प्रथम वडा सम्मेलन भएको छ । बुधबार भएको प्रथम वडा सम्मेलनले बिरबहादुर थिङको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि सर्मसम्मत चयन भएको हो ।

सम्मेलनमा नेकपा (माओवादी केन्द्र) मकवानपुर जिल्ला समन्वय समितिका अध्यक्ष प्रेम बहादुर पुलामी (छिन्तु) को प्रमुख आतिथ्यता तथा जिल्ला सचिवालय सदस्य एवम् प्रचार बिभाग प्रमुख कमान सिंह पाख्रिन (पृथक) को बिशेष आतिथ्यतामा भएको थियो ।

वडा कमिटिको उपाध्यक्षमा कृष्णबहादुर गोले, सचिवमा अभिषेक मोक्तान, सह-सचिवमा वीर बहादुर भोलन र कोषाध्यक्षमा प्रमिला माझी, सदस्यहरुमा लिला बहादुर वाइबा, रुपेश माझी, बसन्ती माया वाइबा, तुलबहादुर मोक्तान, जित बहादुर गोले, सम्झना माझी लगायत चयन भएका छन् ।

त्यस्तै सम्मेलनमा कर्णबहादुर बोम्जन, सार्कीमान पाख्रिन, रामबहादुर बोम्जन, मगरसिं भोलन, सनमान गोले, निरबहादुर थिङ्ग, अभिनाश मोक्तान लगायत २९ जनाले नेकपा एमाले परित्याग गरि माओवादी केन्द्रमा प्रबेश गरिएको ३ नम्बर वडा कमिटी इन्चार्ज कार्साङ सिं पाख्रिनले जानकारी दिनु भयो ।

सम्मेलनमा वाइसीएल नेपाल जिल्ला इन्चार्ज सुमन पाख्रिन (सौगात), जिल्ला समन्वय सदस्य दिलदोर्जे पाख्रीन (संघर्ष), वडा नम्बर ३ का वडा अध्यक्ष बलबहादुर पाख्रिन, गाउपालिका कमिटी सदस्य हरीमाया पाख्रिन्, भगवती माझी, सुनिल बज्यु, सल्लाहकार सुकराम पाख्रिन, अखिल नेपाल शिक्षक संगठनका ३ नम्बर वडा अध्यक्ष एक्का बहादुर दोङ, बागमती गाउपालिका वाइसीएल नेपाल कमिटी सचिव दर्शन पाख्रिन ,सहिद परिवार गणेश पाख्रिन, हिमाल बिक, अतिमाया पाख्रिन, लोकबहादुर पाख्रिन्, चन्द्रमान भोलन, अखिल क्रान्तिकारी मकवानपुर उपाध्यक्ष रोजल तामाङ, बुद्धिजीवी उद्दप पाउडेल लगायतकाले शुभकामना मन्तव्य ब्यक्तगर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*