माओवादी केन्द्रको थाहानगर सम्मेलनको लागि सचिवालय स्थापना

तामसालिङ खबर
८ मंसिर २०७८, बुधबार १९:१२

मंसिर, हेटौडा (थाहानगर) – नेकपा माओवादी केन्द्रको प्रथम नगर सम्मेलनको तयारीका लागि मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरमा सम्मेलन सचिवालय कार्यालय स्थापना गरिएको छ ।

थाहा नगरपालिका वडा नम्बर ३ स्थित नगरपालिका कार्यालयसंगै स्थापना गरिएको सचिवालय कार्यालय माओवादी केन्द्र बागमती प्रदेश कमिटि सचिवालय सदस्य बिष्णु बिष्ट ‘आदर्श’ ले एक कार्यक्रम बिच शुभारम्भ गर्नुभयो ।

बिष्टले नगर सम्मेलन भब्य र सभ्य रुपले सम्पन्न गर्न सचिवालयले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।

सचिवालय शुभारम्भ कार्यक्रममा माओवादी केन्द्र मकवानपुर जिल्ला समन्वय समिति सदस्य तथा थाहा नगर इन्चार्ज लक्ष्मण बिष्ट, जिल्ला समन्वय समिति सदस्य जयराम रायमाझी, थाहा नगर अध्यक्ष अरुण रायमाझी, थाहा नगर निर्वाचन कमिटि संयोजक बिमल कुमार बिष्ट लगायतको उपस्थित रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*