अष्ट्रेलिया र जापान जान विद्यार्थीलाई भीसा खुला

तामसालिङ खबर
८ मंसिर २०७८, बुधबार १८:४८

मंसिर, काठमाडौं – अध्ययनका लागि जापान र अष्ट्रेलियाले जाने नेपाली विद्यार्थीका लागि प्रवेशाज्ञा (भीसा) खुल्ने भएको छ ।

यस अघि कोरोना महामारीका कारण उच्च शिक्षाका लागि अष्ट्रेलिया र जापान जान भीसा अनुमति थिएन । नेपालमा कोरोना भाइरसको संक्रमण दर कम भएसँगै अष्ट्रेलिया र जापानले भीसा अनुमति दिने भएको हो ।

अष्ट्रेलिया​ सरकारले डिसेम्बर १ तारिखदेखि लागू हुनेगरी विद्यार्थीलगायत अन्य वर्गका यात्रुका लागि आवागमन खुला गर्ने निर्णय गरेको छ ।

त्यस्तैगरी जापान सरकारले पनि नोभेम्बर ८ तारिखदेखि लागू हुनेगरी विदेशीका लागि पर्यटक बाहेक सबैलाई भीसा दिने भएको छ । यो सँगै अष्ट्रेलिया र जापानमा उच्च शिक्षा अ अध्यायानका लागि जाने नेपाली विद्यार्थीका लागि राहत भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*