सबै माओवादी घटकहरु एकताबद्ध हुन इन्चार्ज मोक्तानको आग्रह

वडा कमिटिको अध्यक्षमा चेपाङको नेतृत्व, जसपा लगायत विभिन्न पार्टी परित्याग गरि सयौं संख्यामा माओवादी केन्द्रमा प्रवेश
तामसालिङ खबर
८ मंसिर २०७८, बुधबार ०८:४९

मंसिर, हेटौडा (राक्सिराङ) – टुटफुट अबस्थामा रहेका सबै माओवादी घटकहरु एकताबद्ध हुन माओवादी केन्द्र मकवानपुर इन्चार्ज तथा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बताएका छन् ।

मंगलबार नेकपा माओवादी केन्द्र राक्सिराङ गाउँपालिका वडा नम्बर ८ को प्रथम वडा अधिबेशनको सम्बोधन गर्दै उहाले यस्तो बताएका हो ।

नेपालमा मौलिक ढंगको सामाजबादी ब्यबस्था स्थापित गर्ने अभियानमा लाग्नु पर्ने अवस्था आएको छ। सबै खाले बिभेदको बिरुद्ध लड्ने माओवादी केन्द्र मात्रै भएको हुनाले पार्टि सधै जनताको साथबाट टाढा नहुने र यहि पार्टिको नेतृत्वमा मात्रै जनताले बास्तबिक समृद्धि र सुखको अनुभुति गर्न सक्ने उहाले बताउनु भयो ।

प्रथम अधिबेशनले यमकुमार चेपाङको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि चयन गरिएको हो । कमिटिको उपाध्यक्षमा बुद्धिलाल चेपाङ, सचिबमा प्रदिप स्याङतान, कोषाध्यक्ष अञ्जली थिङ र सह-सचिब अशोक थिङ लगायतका छन् ।

८ नम्बर वडा इन्चार्ज दलबहादुर रुम्बाको अध्यक्षतामा भएको भेलामा नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा बागमती प्रदेशको सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा भएको हो ।

त्यस्तै, सन्जिब प्रजाको संयोजकत्वमा २६ सदस्यीय वाइसिएल नेपाल ८ नम्बर वडा कमिटि गठन गरिएको छ । अनिता रुम्बाको अध्यक्षता १३ सदस्यीय अनेम संघ क्रान्तिकारी, बीरबहादुर प्रजाको अध्यक्षतामा किसान संगठन, मदन सुनारको संयोजकमा दलित मुक्ति मोर्चा, बीरबहादुर मुक्तानको संयोजकत्वमा तामाङ मुक्ति मोर्चा, र सुर्यबहादुर प्रजाको अध्यक्षतामा चेपाङ मुक्ति मोर्चा गठन गरिएको छ ।

अधिबेशनमा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय सचिवालय सदस्य तथा राक्सिराङ इन्चार्ज बनस्तम थिङ, जिल्ला समन्वय सदस्य हबिल चेपाङ, खुशिलाल चेपाङ, पार्टी गाउँपालिका कमिटि अध्यक्ष हस्त बहादुर मोक्तान लगायत नेताहरुको आतिथ्यता रहेको थियो ।

भेलामा जनता समाजवादी राक्सिराङ गाउँपालिकाको ईन्चार्ज सागर घालन सहित एमाले, काङ्ग्रेस, राप्रपा पार्टि परित्याग गरि सयौंको संख्यामा माओवादी केन्द्रमा प्रबेश गरेका छन् । नवप्रबेशीहरुलाई प्रमुख अतिथि मोक्तानद्वारा खादा माला लगाई स्वागत गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*