पुर्व माओबादीहरु एक हुनुको विकल्प छैन – मन्त्रि मोक्तान

तामसालिङ खबर
७ मंसिर २०७८, मंगलवार १०:०९

मंसिर, हेटौडा (मनहरी) – बागमति प्रदेशका सामाजिक बिकास मन्त्रि तथा नेकपा माओवादी केन्द्र मकवानपु्र ईन्चार्ज कुमारी मोक्तनले पुर्व माओबादीहरु एक हुन आवश्यक रहेको बताएका छन ।

सोमबार पश्चिम मकवानपुरको मनहरी गाँउपालिका वडा नम्बर – ६ सुनाचारीमा आयोजित माओवादी ६ नम्बर वडा कमिटिको प्रथम अधिबेशनलाई सम्बोधन गर्दै मन्त्रि मोक्तानले यस्तो बताएको हो ।

देशमा कम्युनिष्ट आन्दोलनलाई सफल बनाउन र पुर्ण कम्युनिष्ट राष्ट्र निर्माणको लागि पुर्व माओबादीहरु एक ढिक्क हुनुको विकपल्प नरहेको बताए ।

एमाले र अन्य कम्युनिष्ट पार्टीहरु नामको मात्र कम्युनिष्ट भएको र कम्युनिष्टका सिद्धान्तलाई लत्याएर नेताहरु ब्यक्तीगत स्वार्थ परिपुर्तिमा मात्र लिप्त रहेकाले कम्युनिष्ट आन्दोलनलाई सफल बनाउन पुर्व माओबादीहरु एक ढिक्क भएर लाग्नु पर्नेमा जोड दिए । राष्ट्र ,राष्ट्रियता र जनताको पक्षमा काम गर्न माओबादी संधै प्रतिबद्धता रहेको पनि उनले बताईन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*