हेटौंडा ५ माओवादी केन्द्रमा लामिछानेको नेतृत्व

तामसालिङ खबर
५ मंसिर २०७८, आईतवार ०६:११

मंसिर, हेटौडा – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका ५ नम्वर वडा कमिटीको अध्यक्षमा देवनारायण लामिछाने (भीमसेन) सर्वसम्मत रुपमा चयन भएका छन् ।

पार्टीको शनिवार सम्पन्न प्रथम वडा सम्मेलनले भीमसेनको नेतृत्वमा ३५ सदस्यीय वडा कमिटी निर्माण गरेको हो । त्यस्तै कमिटीको उपाध्यक्षमा रोजिता लम्साल, सचिवमा रिता आचार्य, सह–सचिवमा विकास अधिकारी र कोषाध्यक्षमा कृष्णप्रसाद गौतम चयन भएका छन् । धुर्व देवकोटा, बालकृष्ण पुडासैनी, भरत पराजुलीलगायत सदस्य चुनिएका छन् ।

नवनिर्वाचित अध्यक्ष भीमसेनले माओवादीको संगठनलाई थप चुस्त दुरुस्त बनाउने बताए । आसन्न स्थानीय तहको निर्वाचनमा माओवादीलाई जिताउनको लागि संगठन विस्तारलगायतका काममा वडा कमिटीलाई सक्रिय तुल्याउने उनको भनाई छ ।

बागमती प्रदेश सामाजिक विकासमन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा माओवादीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*