मनहरी ७ मा माओवादी केन्द्रमा प्रबेशको लर्को, वडा भेलाबाट कमिटिमा पुन: घलानको नेतृत्व

तामसालिङ खबर
४ मंसिर २०७८, शनिबार ०७:१९

मंसिर, हेटौडा (मनहरी) – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मनहरी गाउँपालिका वडा नम्बर ७ को प्रथम वडा भेला शुक्रबार भएको छ ।

वडा नम्बर ७ पार्टी कमिटीका वडाअध्यक्ष गोबिन्द घलानको अध्यक्षता तथा माओवादी केन्द्रको केन्द्रीय सदस्य एवं बागमति प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भेला भएको हो ।

राक्सिराङ वडा नम्बर ६, मनहरी वडा नम्बर ६ र ७ बाट सागर विक, सबिन प्रजाको नेतृत्वमा १ सय ५१ जना युवा, महिला नेता कार्यकर्ता नेकपा एमाले र नेपाली काँग्रेस, जसपा परित्याग गरी नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् । प्रमुख अतिथि मोक्तानद्वारा पार्टी प्रवेश गरेका नेता कार्यकर्ताहरुलाई फुलमाला खादा ओडाई स्वागत गर्नु भएको छ।

प्रथम वडा अधिबेशनबाट पुन: गोबिन्द घलानको नेतृत्वमा २९ सदस्यीय पार्टी वडा कमिटी चयन गरिएको छ । कमिटीको उपाध्यक्षमा बिक्रम थिङ, सचिवमा राजन गिरी, कोषाध्यक्ष मिना सुनार र सह-सचिवमा गोविन्द चेपाङ रहेका छन् ।

त्यस्तै, मिना सुनुवारको अध्यक्षतामा १९ सदस्यीय अनेमसंघ ( क्रान्तिकारी ) ७ नम्बर वडा कमिटी गठन गरिएको छ । उपाध्यक्षमा सुमित्रा राई, सचिव दिया घलान, कोषाध्यक्षमा दिलमाया प्रजा, र सह-सचिवमा दिब्बेश्वारी लामा लगायत रहेका छन् ।

एकीकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चा ७ नम्बर वडा कमिटिको अध्यक्षमा आइत सिं मुक्तानलाई चयन गरिएको छ । कमिटिको उपाध्यक्षमा जोहन मुक्तान, सचिब बुद्धिलाल स्याङ्तान, सह-सचिब सुनिता रुम्बा र कोषाध्यक्षमा सरिना स्याङबो लगायत १७ सदस्यीय कमिटि गठन गरिएको छ।

भेलामा पार्टी प्रदेश कमिटी सदस्य तथा बागमती प्रदेश सभा सदस्य ओम बहादुर ग्लान, प्रदेश कमिटी सदस्य वीर बहादुर घलान ( ज्वाला ), क्रान्तिकारी चर्चित गायक चेतन सापकोटा, प्रदेश सल्लाहकार कमरेड रामहरी सुवेदी, राक्सिराङ गाउपालिका इन्चार्ज तथा जिल्ला सचिवालय सदस्य बनस्तम थिङ, मनहरी गाउँपालिका इन्चार्ज राजकुमार पाख्रिन, मनहरी गाउँ कमिटी अध्यक्ष रामप्रसाद कलाखेती, सचिवालय सदस्य दिपेन्द्र अधिकारी, राक्सिराङ्ग गाउँ कमिटी अध्यक्ष हस्त बहादुर मुक्तान, वाईसिएल नेपालका केन्द्रिय सदस्य अनिता स्याङ्गबो, ७ नम्बर वडा कमिटि इन्चार्ज बिमला गलान लगायत नेताहरुको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*