हेटौडामा तीन दिने विज्ञान लेखन तालिम सकियो

तामसालिङ खबर
१ मंसिर २०७८, बुधबार ०७:३१

मंसिर, हेटौंडा – नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट) को आयोजनामा हेटौंडामा भएको तीन दिने विज्ञान लेखन तालिम सम्पन्न भएको छ ।

आइतबारबाट सुरु भएको पत्रकारको लागि तालिम मंगलबार समापन भएको हो । तालिममा हेटौंडाका २० जना पत्रकारको सहभागिता रहेको थियो ।

तालिममा वरिष्ठ पत्रकार केदार शर्मा र वनस्पति अनुसन्धान केन्द्रका प्रमूख रघुराम पराजुलीले सहजिकरण गर्नुभएको थियो । शर्माले विज्ञान विषयमा समाचार लेख्ने तरिका र समाचार कसरी सम्प्रेषण गर्ने भन्ने विषयमा सहजीकरण गर्नुभएको थियो ।

यस्तै पराजुलीले वनस्पति जडिबुढीका संरक्षण किन र कसरी गर्ने भन्ने कुरामा पत्रकारको भूमिकाबारे सहजीकरण गर्नुभएको थियो । यसैगरी नास्टका महेशकुमार अधिकारीले नेपालमा पाइने च्याउनका विषयमा प्रशिक्षण गर्नुभएको थियो ।

नास्टले गरिएका गतिविधी तथा विज्ञानबारे समाजमा सन्देश प्रवाह गरिने उद्देश्यले तालिमको आयोजना गरिएको नास्टले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*