मकवानपुर तामाङ कलाकारको प्रथम साधारणसभा, अध्यक्षमा पुन: लामा चयन
कार्तिक, हेटौंडा – मकवानपुर तामाङ कलाकार संघको साधारणसभा सम्पन्न भएको छ । संघको पहिलो वार्षिक साधारणसभा हेटौडामा शनिबार भएको ।
संघका अध्यक्ष धिरेन लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता थियो । सभाबाट नयाँ २ सदस्यलाई थप गरि तदर्थ समितिलाई यथावत राखेको मकवानपुर तामाङ कलाकार संघका महासचिव रविन्द्र थिङले बताउनुभयो ।
धिरेन लामाको अध्यक्षतामा २ सदस्य थप गरि १७ सदस्यीय कार्यसमिति यथावत राखेको हो । संघको उपाध्यक्षमा अनराज तामाङ र राधिका तामाङ, महासचिवमा रविन्द्र थिङ, सचिवमा विक्रम लुङ्बा, कोषाध्यक्षमा माया घलान र सह-कोषाध्यक्षमा सुजना रुम्बा रहेका छन् ।
त्यस्तै सदस्यहरुमा बिमला थिङ, सोयल लामा, साम्तेन लामा, वर्षा लामा, हेम कुमार तितुङ, किशोर लोप्चन, आशराम थिङ, कर्ण ब. मुक्तान, केशर सिं मुक्तान र राम बोम्जन चयन भएका छन् ।
कार्यक्रममा नेपाल तामाङ घेदुङ बागमती प्रदेश अध्यक्ष लीलाकुमार घलान, मकवानपुर कार्यबाहक अध्यक्ष कालु लामा, मकवानपुर खेलकुद विकास समितिका अध्यक्ष सानु लामा दोङ, तामाङ पत्रकार संघ मकवानपुर अध्यक्ष जयराम मोक्तान, तामाङ कलाकार प्रकाश तितुङ लगायतको आतिथ्यता रहेको थियो ।