गायक प्रमोद खरेललाई फिल्म अफरको ओइरो

तामसालिङ खबर
१ मंसिर २०७८, बुधबार ०६:४४

मंसिर, काठमाण्डौ – ‘म विना पोखरामा’ गीतपछि दर्शकमाझ चिनिएका प्रमोदले एक हजारभन्दा बढी गीत गाइसकेका छन् ।

केही नेपाली फिल्मका गीतमा पनि उनको आवाज सुन्न सकिन्छ । डेढ दशक अगाडि डाक्टर बन्न झापाबाट काठमाडौं आएका उनलाई समयको चक्रले गायक बनायो । उनी बाल्यकालमा भने कलाकार हुन चाहन्थे ।

बाल्यकालमा फिल्म भनेपछि हुरुक्कै हुने उनी हलमा फिल्म हेर्दा भान्सा, यातायात, सम्पादन, ध्वनी, ब्यानर, प्रस्तुतकर्ता सम्मको नाम कन्ठ पार्थे । ‘बाल कलाकार हुन पाउँ‘ भनेर उनले तत्कालीन शाही चलचित्र संस्थानलाई चिठी समेत पठाएका थिए । तर, ठेगाना नमिलेकाले चिठी महिना दिनमै उनको हातमा आइपुग्यो । त्यसपछि उनले फिल्मको कलाकार बन्ने सपना नै पाल्न छाडे ।

गायकको रुपमा स्थापित भएपछि भने उनलाई फिल्मबाट बाक्लै अफर आए र आइरहेका छन् । हालै एक टेलिभिजन अन्तर्वार्तामा उनले अहिलेसम्म आफूले ६÷७ वटा फिल्मको स्क्रिप्ट पढेको तर कुनैबाट चित्त नबुझेको बताए । उनी आफूलाई सुहाउने खालको स्क्रिप्टबाट अफर आएको अवस्थामा फिल्ममा काम गर्ने बताउँछन् । तर, उनलाई कमिर्शयल फिल्ममा काम गर्ने इच्छा नै छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*