राक्सिराङ-३ मा माओवादीको वडा कमिटि गठन, अध्यक्षमा घलान चयन

तामसालिङ खबर
३० कार्तिक २०७८, मंगलवार १९:५०

कार्तिक, हेटौडा (राक्सीराङ) – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले राक्सिराङ गाउँपालिकामा गतिविधि बढाएको छ । स्थानीय तथा संसदिय निर्वाचनको मिति नजिकिदै गर्दा माओवादीले तल्लो स्तरको कार्यकर्तासम्म समेट्ने गरि विभिन्न भेला, सम्मेलन तथा प्रशिक्षणहरु गरिरहेको छ ।

यस क्रममा सोमबार राक्सिराङ ३ मा बृहत शक्ति प्रदर्शन सहितको वडा अधिवेशन सम्पन्न गरेको छ । वडास्तरिय भनिएको कार्यक्रममा उल्लेख्य नेता कार्यकर्ताको उपस्थिति थियो । माओवादीका बागमती प्रदेश कमिटी सचिवालय सदस्य तथा मकवानपुर संयोजक प्रेम बहादुर पुलामी (छिन्तु) प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टीका बागमती प्रदेश कमिटी सदस्य तथा बागमती प्रदेश सभा सदस्य ओम बहदुर ग्लान (प्रदिप), जिल्ला सचिवालय सदस्य तथा राक्सिराङ गाउँपालिका इन्चार्ज बनस्तम थिङ, गाउँपालिका अध्यक्ष हस्त बहादुर मुक्तान लगायतको उपस्थिति रहेको थियो ।

अधिवेशनले ओमकार घलानको अध्यक्षतामा २९ सदस्यिय वडा कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्ष धनकुमारी कार्की, सचिव सिङ्गराम रूम्बा, कोषाध्यक्ष फुलकुमारी स्याङ्बो सह सचिव आईतमान चेपाङ चयन भएका छन ।

त्यस्तै सुजन स्याङ्तानको संयोजकत्वमा वाइसिएल वडा कमिटी, तिउरीमाया स्याङ्बोको संयोजकत्वमा अनेमसंघ (क्रान्तिकारी) वडा कमिटी, कृष्ण बहादुर चेपाङको संयोजकत्वमा किसान संगठन तथा भेज बहादुर कार्कीको संयोजकत्वमा बुद्धिजिवि सङ्गठन गठन गरेको छ ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २ दर्जन नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेको पार्टीका राक्सिराङ गाउँपालिका इन्चार्ज बनस्तम थिङले बताउनुभयो । उनीहरुलाई प्रमुख अतिथि पुलामीले सहित नेताहरुले खादा र फूलमाला लगाएर स्वागत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*