समुन्नत बागमती प्रदेश निर्माण गर्न तिहारले उत्प्रेरणा मिलोस् – मुख्यमन्त्री पाण्डे

ताम्सालिङ खबर
२० कार्तिक २०७८, शनिबार ०७:५३

कार्तिक, हेटौडा – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले शुभ दिपावली २०७८ ले समुन्नत प्रदेश निर्माणको लागि सबैमा प्रेरणा मिलोस् भनी कामना गरेका छन् ।

शुभकामना सन्देश जारी गर्दै उनले उज्यालोको पर्वका रुपमा तिहारमा बालिने हरेक दीपको प्रकाशले सम्पूर्ण नेपालीबीच आत्मीयता, आपसी समझदारी, एकता, सामाजिक सद्भाव कायम राख्दै देशको समृद्धि एवं अमन चयन कायम गर्ने वातावरण निर्माण भई समृद्ध नेपाल र समुन्नत प्रदेश निर्माण गर्ने तर्फ उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

नेपाल राष्ट्रिय विविधता र संस्कृतिले भरिपूर्ण गौरवशाली मुलुक भएको र यहाँको संस्कृति विश्वमाझ प्रख्यात रहेको समेत उनले उल्लेख गरे । पाण्डेले कोरोना भाइरस ठूलो स्वास्थ्य चुनौतीको रुपमा देखा परेको अवस्थामा नेपाल सरकारबाट जारी भएको स्वास्थ्य सम्बन्धी नियमहरुको पालना गर्दै र सतर्कता अपनाई हर्षोल्लासका साथ पर्व मनाउनसमेत सबैमा आग्रह गरेका छन् ।

‘शुभ दीपावली २०७८ तथा नयाँ वर्ष नेपाल सम्बत ११४२ ले हाम्रो राष्ट्रियता, लोकतन्त्र र गणतन्त्र सुदृढ गर्न हामी सबै नेपाली एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गर्नेछ भन्ने अपेक्षा राख्दै शुभकामना व्यक्त गर्दछु ।’ उनले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।

उनले यस अवसरमा सम्पुर्ण स्वदेश तथा प्रवासमा बसोबास गरिरहेका समस्त नेपाली तथा बागमती प्रदेशबासीहरुको सुख शान्ति स्वास्थ्य, समृद्दि एवं उतरोत्तर प्रगतिको कामनासमेत गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*