राक्सिराङ ६ मा एकिकृत समाजवादीको वडा कमिटि गठन

तामसालिङ खबर
१७ कार्तिक २०७८, बुधबार ०९:२२

कार्तिक, राक्सिराङ (हेटौडा) – राक्सिराङ गाउँपालिकाको वडा नम्बर ६ मा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीको संगठन विस्तार भएको छ ।

मंगलबार भएको छलफलबाट प्रारम्भिक रुपमा वडा कमिटि निर्माण गरि टोल टोलमा पार्टीको गतिविधि बढाउने र संगठनलाई थप मजबुत बनाउने तयारी गरिएको हो । २५ सदस्यि वडा कमिटिको अध्यक्षयमा बिशाल थिङ चयन भएका छन ।

उपाध्यक्षहरुमा चिरण थिङ, बेल बहादुर चेपाङ र सिनम लामा रहेका छन । कमिटिको सचिवमा साजन मोक्तान र सह-सचिवमा इन्कार लामा रहेका छन । नयाँ बिचार र उत्साहका साथ संगठन निर्माणमा जुटेकाले सो वडाको सम्पुर्ण नेतृत्व युवाहरुलाई दिइएको समाजवादीका बागमती प्रदेश कमिटि सदस्य गोविन्दराम चेपाङले बताउनुभयो ।

उहाँको पार्टीको सदस्यता वितरण, विभिन्न राजनितिक प्रशिक्षण लगायतका गतिविधि तिव्र पारिने बताउनुभयो । छलफलमा पार्टीका जिल्ला कमिटि सदस्यहरु आइतलाल प्रजा, ज्ञानेन्द्र तामाङ, मिलन तामाङ, युवा नेता किशोर ब्लोन, युवा संघ नेपालका राकिसराङ इन्चार्ज प्रशान्त चेपाङलगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*