वाइसीएल हेटौडा उपमहानगर भेलाको सम्बोधन गर्न अर्थमन्त्री शर्मा आज हेटौंडा आउँदै

तामसालिङ खबर
१४ कार्तिक २०७८, आईतवार ०८:१८

कार्तिक, हेटौडा – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा नेपाल सरकारका संघीय अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) आज हेटौंडा आउदै हुनु हुन्छ ।

नेकपा (माओवादी केन्द्र) का भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) हेटौंडा उपमहानगरको एकता विभाजन पछिको प्रथम उपमहानगर सम्मेलनलाई सम्बोधन गर्न शर्मा हेटौंडा आउन लागेको केन्द्र मकवानपुरका प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन पृथकले बताए ।

मन्त्री शर्मा सँगै वाइसीएल केन्द्रीय इन्चार्ज रामप्रसाद सापकोटा (दीपशिखा), संयोजक सुमन देवकोटा (अब्दुल) हेटौंडा आइपुग्ने वाइसीएल हेटौंडा उपमहानगर कमिटीले जनाएको छ ।

सम्मेलनलाई पार्टी केन्द्रीय सदस्य तथा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तान, पार्टी मकवानपुर जिल्ला अध्यक्ष प्रेमबहादुर पुलामी (छिन्तु) लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छन् । आज हुने सम्मेलनले वाइसीएल हेटौंडा उपमहानगर कमिटीको नयाँ नेतृत्वसहितको टिम चयन गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*