नेकपा एमाले हरिहरपुर गाउँकमिटिको अध्यक्षमा वाइबा

बिशालराज राई
१३ कार्तिक २०७८, शनिबार २१:१०

कार्तिक, हरिहरपुरी (सिन्धुली) – नेकपा एमाले हरिहरपुरगढी गाउँ कमिटीको प्रथम अधिबेशन सम्पन्न भएको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको चैनपुर खेल मैदानमा सम्पन्न अधिबेशनको उद्घाटन नेकपा एमाले केन्द्रिय सदस्य कमलजङ्ग राईले गर्नु भएको थियो ।

कार्यक्रम केन्द्रीय सदस्य कमलजङ्ग राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रिय सल्लाहाकार केशब देबकोटा, एमाले जिल्ला अध्यक्ष प्रदिप कटुवाल लगायतका उपस्थिती थियो ।

अधिबेशनले मान बहादुर वाइबाको अध्यक्षतामा ७४ सदस्यीय गाउँ कमिटी गठन गरेको छ । उपाध्यक्षमा बिजय राई, सचिबमा सत्यमान मोक्त्तान सह-सचिबमा चमार सिं घलान, ठुलीमाया आस्थानी मगर सर्बसम्मत चयन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*