बागमती प्रदेशको मुख्यमन्त्रीमा पाण्डे नियुक्त

तामसालिङ खबर
११ कार्तिक २०७८, बिहीबार १६:४०

कार्तिक, हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्रीमा नेकपा एकीकृत सामावजादीका नेता राजन्द्रे पाण्डे नियुक्त हुनुभएको छ ।

नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । बिहिबार पाण्डेलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।

नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएपछि पाण्डेले प्रदेशसभाका बहुमत सदस्यको समर्थन सहित मुख्यमन्त्रीमा दावी पेश गर्नु भएको थियो ।

नवनियुक्त मुख्यमन्त्री पाण्डेले नेकपा माओवादी केन्द्रका कुमारी मोक्तान सामाजिक विकास मन्त्री, नेपाली काँग्रेसका कृष्णलाल भँडेल भौतिक पूर्वाधार विकास र एकिकृत समाजवादीका कृष्णप्रसाद खनाल आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा नियुक्त गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*