मनहरी र राक्सिराङमा ब्रोडब्याण्ड इन्टरनेटको सेवा सुरु

तामसालिङ खबर
११ कार्तिक २०७८, बिहीबार ०७:३०

कार्तिक, हेटौडा (मनहरी) – मकवानपुरको मनहरी र राक्सिराङ गाउँपालिकामा इन्टरनेट सेवा प्रदायक कम्पनी ब्रोडब्याण्ड सोलुसन्सको सेवा सुरु भएको छ । कम्पनीले मनहरीमा कार्यालय उदघाटन गर्दै मनहरी बजार र आसपासका क्षेत्रसहित राक्सिराङको चैनपुर र सरिखेत क्षेत्रमा फाइबरसहितको इन्टरनेट सेवा विस्तार गरेको हो ।

मंगलबार बागमती प्रदेश सभाका सदस्य ओम घलानले रिबन काटेर मनहरीमा कार्यालय उदघाटन गर्नुभएको हो । उदघाटनपछि बोल्दै सांसद घलानले अहिलेको आधुनिक दुनियाँमा इन्टरनेट मानिसको आधारभुत आवश्यकता बनिसकेको बताउनुभयो ।

उहाँले शिक्षा, स्वास्थ्य, मनोरञ्जनलगायत दैनिक जीवनयापनका सन्दर्भमा पनि इन्टरनेटको महत्व उच्च भएकाले गुणस्तरिय र सरल सेवा दिन आग्रह गर्नुभयो । सो क्रममा ब्रोडब्याण्ड सोलुसन्स मनहरीका सञ्चालक दिनेश बिशुङखेले सुपथ मुल्यमा सरल र तिव्र गतिको इन्टरनेट सेवा मनहरी र राक्सिराङ क्षेत्रमा सुरु गरिएको बताउनुभयो ।

हालसम्म इन्टरनेटको पहुँचमा नरहेका विकट र दुर्गम ठाँउहरुमा पनि इन्टरनेटको सेवा पुयाईने उहाँले बताउनुभयो । ब्रोडब्याण्ड सोलुसन्सको मुख्य कार्यालय चितवनको भण्डारामा रहेको छ ।

लामो समयदेखि इन्टरनेट सेवा दिइरहेको ब्रोडब्याण्डले सेवा बिस्तार गर्ने क्रममा मनहरी तथा राक्सिराङमा फाइबर बिस्तार गरेको हो । सेवा शुभारम्भको अवसरमा ग्राहकहरुलाई बिशेष छुट तथा सहुलियत अफरको सुविधासमेत दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*