अध्यक्ष १० बुँदेको औचित्य छैन भनेपछि राजीनामा दिएँ – नेता रावल

तामसालिङ खबर
६ कार्तिक २०७८, शनिबार ०८:३९

कार्तिक, काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिको औचित्य नरहेको बताएपछि आफूले कार्यदलबाट राजीनामा दिएको बताएका छन् ।

शुक्रबार राति सामाजिक सञ्जाल ट्विटर मार्फत नेता रावलले स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले नै १० बुँदेको औचित्य नरहेको बताएपछि आफूले फरक मत राखेर कार्यदलबाट राजीनामा दिएको बताएका हुन् । उनी १० बुँदे कार्यान्वयनका लागि गठित कार्यदलका संयोजक थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*