कोरिया जानेलाई थप डलर

पत्रपत्रिकाबाट
२६ आश्विन २०७८, मंगलवार ०८:३४

असोज, काठमाडौँ – वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली प्रतिबद्ध कामदारका लागि अमेरिकी डलर सुविधामा थप गरिएको छ।

नेपाल राष्ट्र बैंकले सोमबार विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त गरेका निकायलाई कोरिया जाने नेपाली प्रतिबद्ध कामदारका लागि थप एक हजार पाँच सय अमेरिकी डलर सटहीको सुविधा उपलब्ध गराउन निर्देशन दिएको हो ।

वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी बापत दुई सय अमेरिकी डलर मात्र उपलब्ध गराउँदै आएको छ । दक्षिण कोरियामा जाने प्रतिबद्ध कामदारले कोभिड–१९ का कारण क्वारेन्टाइमा बस्नुपर्ने भएकाले सो खर्चका लागि थप सुविधा उपलब्ध गराउन निर्देशन दिएको खबर गोरखापत्रमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*