सन्दीपलाई आईसीसीकाे ‘प्लेयर अफ द मन्थ’ अवार्ड

तामसालिङ खबर
२५ आश्विन २०७८, सोमबार १४:४६

असाेज, काठमाडौं – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी (प्लेयर अफ द मन्थ) अवार्ड जितेका छन् ।

आइसिसीले गत बुधबार सार्वजनिक गरेको प्लेयर अफ द मन्थको मनोनयनबाट सन्दीपले बंगलादेशका स्पिनर नासुम अहमद र अमेरिका ब्याटर जसकरण मल्होत्रालाई पछि पार्दै अवार्ड जितेका हुन् ।

सन्दीपले अघिल्लो महिना ओमान भ्रमणमा सर्वोत्कृष्ट प्रदर्शन गर्दै ६ खेलमा १८ विकेट लिएका थिए । ओमानमा भएको आइसीसी विश्वकप लिग–२ र पपुवा न्युगिनीसँग दुई ओडिआई खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि आइसिसीको प्लेयर अफ द मन्थको मनोनयन सूचिमा परेका थिए ।

ओमान भ्रमणमा पिएनजीलाई पहिलो खेलमा सस्तैमा समेट्न सन्दीपले पहिलो खेलमा १० ओभरमा ३५ रन खर्चेर ४ विकेट लिदै प्लेयर अफ द म्याच चुनिए । दोस्रो खेलमा नेपाललाई १ सय ५१ रनले विजयी गराउन सन्दीपले ५।१ ओभरमा ११ रन खर्चेर ६ विकेट लिएका थिए ।

अमेरिकालाई पाँच विकेटले पराजित गर्दा सन्दीपले दुई विकेट लिएका थिए । ओमान सँगको पहिलो खेलमा पेटमा समस्याको कारण उनले बलिङ गर्न सकेनन् । अमेरिकासँग दोस्रो खेलमा दुई विकेट लिँदा अन्तिम खेलमा ओमानलाई पराजित गर्न चार विकेट लिएका थिए ।

सन्दीप आइसिसीको प्लेयर अफ द मन्थको मनोयनमा पर्ने दोस्रो नेपाली खेलाडी हुन् । यसअघि गत वैशाखमा ओपनर कुशल भुर्तेल आइसिसीको अप्रिलमा यस मनोयनमा परेका थिए । तर उक्त उपाधि भने पाकिस्तानका कप्तान बाबर आजमले गरेका थिए ।

यस अवार्डको विजेता आइसीसीकै प्यानल र खुला मतदानको मत अनुसार घोषणा भएको हो । आइसीसीको प्यानलमा पूर्व खेलाडी, पत्रकार तथा ब्रोडकास्टरको उपस्थिति रहेको छ । आइसीसी प्यानलको मतभार ९० प्रतिशत र खुला मतदानको १० प्रतिशत भार रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*