माओवादी केन्द्रको प्रदेश समितिले पायो पूर्णता

तामसालिङ खबर
२४ आश्विन २०७८, आईतवार १६:४४

असोज, काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) स्थायी समितिको बैठकले नेताहरुलाई नयाँ जिम्मेवारी दिएको छ । आइतबार बसेको स्थायी समिति बैठकले नेताहरुलाई नयाँ जिम्मेवार दिएको हो ।

अघिल्लो बैठकले निर्णय गर्न बाँकी रहेको प्रदेश अध्यक्ष र सचिवहरु जिम्मेवारी आज बसेको स्थायी समिति बैठकले टुङ्ग्याएको छ । अब माओवादीको सबै प्रदेश समितिले पूर्णता पाएको छ ।

नयाँ जिम्मेवारी पाएका नेताहरुको नामावली :
प्रदेश नं.१ सचिव – हेमराज भण्डारी
प्रदेश नं.२ अध्यक्ष –प्रल्हाद बुढाथोकी
प्रदेश नं.२ सचिव – जोग कुमार बरबरिया यादव
बागमती प्रदेश सचिव – अञ्जना बिशंखे
गण्डकी प्रदेश सचिव – देवेन्द्र पराजुली
सुदुर पश्चिम प्रदेश अध्यक्ष – शरदसिंह भण्डारी
सुदूर पश्चिम प्रदेश सचिव – देवीलाल चौधरी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*