मैले स्वविवेकले राजीनामा घोषणा गरेको हुँ – नवनियुक्त मन्त्री हमाल

तामसालिङ खबर
२४ आश्विन २०७८, आईतवार १५:३८

असोज, काठमाडौं – नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री गजेन्द्रबहादुर हमालले आफ्नै स्वविवेकले पदबाट राजीनामा दिएकाे बताएका छन् । पदभार सम्हालेको २ दिन पनि नवित्दै राजीनामा दिने घोषणा गरेका मन्त्री हमालले कसैको दवावमा नभइ आफ्नै निर्णयले राजीनामा दिने घोषणा गरेकाे दावी गरे ।

उनले भने, ‘म आँफैले स्वविवेकले राजीनामा घोषणा गरेको हुँ। धेरै सोचें, म किन विवादमा परुँ भनेर । किन राजीनामा दिने भनेर नेताहरुले पनि भने । तर आज राजीनामा दिन्छु’

उनी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको जेठान हुन् । उनलाई काँग्रेको कोटाबाट मन्त्री बनाइएको प्रधानमन्त्री शेरबहादुर देउवाले दावी गरेका    छन् । त्यस्तै गठबन्धनका नेताहरुले पनि उनी काँग्रेसकै मान्छे भएकाले उनलाई मन्त्रीमा नियुक्त गरिएको बताएका थिए ।

उनी सांसद नरहेपनि मन्त्रीमा नियुक्त भएका थिए । सविधान अनुसार संसद सदस्य नभएकाले पनि ६ महिना मन्त्री हुन पाउँछन् । तर चौतर्फी आलोचना खेपेका मन्त्री हमालले राजीनामा घोषणा गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*