बागमतीको मुख्यमन्त्री इन्द्र बाँनिया कि राजेन्द्र पाण्डे ?

तामसालिङ खबर
२४ आश्विन २०७८, आईतवार १५:३१

असोज, हेटौडा – बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज प्रदेश संसदबाट विश्वासको मत लिँदै छिन् । मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिँदैछिन् । तर, उनी अल्पमतमा रहेकी छिन् ।

एमाले विभाजन भएपछि एमालेका १३ जना प्रदेशसभा सदस्यले एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री शाक्य प्रष्ट रुपमा अल्पमतमा छिन् ।
माओवादी, कांग्रेस र एकीकृत समाजवादीको स्पष्ट बहुमत रहेकोले बागमतीमा मुख्यमन्त्री शाक्य पदबाठ महिना दिनमै हट्ने निश्चित छ । र, शाक्यपछिको मुख्यमन्त्री नेकपा एसलाई गठबन्धनले दिने यसअघि सहमति भएको थियो ।

माधव नेपाल नेतृत्वको नेकपा एसले बागमतीमा राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने यसअघि नै जानकारी दिइसकेको छ । तर, आइतबार मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुअघि कांग्रेस पनि मुख्यमन्त्रीमा दाबी गरेको छ ।

कांग्रेसबाट इन्द्र बाँनियाले मुख्यमन्त्रीमा आकांक्षा देखाएका छन् । गठबन्धनले नेकपा एसका पाण्डेलाई नै बागमतीको मुख्यमन्त्री बनाउने यसअघि निर्णय गरेको भए पनि अब बागमतीमा पाण्डेक कि बाँनिया ? भन्नेमा गठन्धनले निर्णय गर्नेछ ।

११० सदस्यीय प्रदेशसभामा रहेको बागमतीमा बहुमत पुर्याउन ५६ सांसदको आवश्यकता पर्छ । तर, एमाले सँग ४३ सांसद मात्रै रहेको छ भने सत्ता गठन्धनसँग स्पष्ट बहुमत रहेको छ । – न्युज २४

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*