पत्रकारको कलम सधै जनताको पक्षमा हुनु पर्छ – ओमबहादुर ग्लान

ताम्सालिङ खबर
२३ आश्विन २०७८, शनिबार २०:२७

असोज, हेटौडा (मनहरी) – नेकपा माओबादी केन्द्र बागमति प्रदेशका सदस्य ओम बहादुर ग्लानले पत्रकारहरुको कलम संधै जनताको पक्षमा हुनु पर्ने बताएका छन । शनिबार पश्चिम मकवानपुरको मनहरीमा आयोजित प्रेस सेन्टर नेपालको मनहरी, राक्सिराङ तथा कैलाश गाँउपालिकाको संयुक्त भेला तथा दशै तिहार, तथा छठ पर्वको शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै ग्लानले उक्त कुरा बताएको हो ।

जनता माझमा सत्य, तथ्य र निष्पक्ष समाचार ल्याउनु पत्रकारको मुल काम भएकाले सधै जिम्मेवारपुर्ण ढंगले आफ्नो कर्तब्य निभाउन आग्रह गरे । जनताको पक्षमा कलम चलाइरहदा कहिले कहि समस्या आउने र त्यसको डटेर समाधान गर्नमा जोड दिनु भयो ।

त्यस्तै, नेकपा माओबादी केन्द्र बागमति प्रदेशका सदस्य बीरबहादुर घलान (ज्वाला) ले समाजमा हुने बिभिन्न विकृति तथा बिसंङतीहरुलाई निष्पक्ष ढंगले अगाडी ल्याउनु पर्ने बताए ।

नेकपा मओबादी केन्द्र बागमति प्रदेश सदस्य ओम बहादुर ग्लानको प्रमुख आथित्यमा भएको कार्यक्रमा माओबादी केन्द्र बागमति प्रदेशका सदस्य बिरबहादुर घलान (ज्वाला), जिल्ला पार्टी प्रचारप्रसार बिभाग प्रमुख कमान सिङ्ग पाख्रिन (पृथक), नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा प्रेस सेन्टरका बागमति प्रदेश संयोजक सुनिल खड्का, नेपाल पत्रकार महासघ बागमती प्रदेश महासचिव कृष्ण सारु मगर, प्रेस सेन्टर मकवानपुरकी संयोजक अन्जली थापा, माओवादी केन्द्र मनहरी गाउकमिटीअध्यक्ष रामप्रसाद कालाखेती लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो।

त्यस्तै, पत्रकार महासंघ मकवानपुरकी सचिव शुभलक्ष्मी बिक, मनहरी गाउँपालिका कमिटीका इन्चार्ज राजकुमार पाख्रिन, गाउपालिका सचिवालय सदस्य दिपेन्द्र अधिकारी, दिलबहादुर स्याङबो, ७ नम्बर वडा कमिटिको अध्यक्ष गोबिन्द घलान, र राक्सिराङ्गका इन्द्रबहादुर थिङ्ग लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।

भेलाले मनहरी तर्फका बुलबुल खबर डटकमका जयराम मोक्तानको नेतृत्वमा ७ सदस्यीय मनहरी गाउँपालिका कमिटि गठन गरिएको छ ।त्यस्तै, राक्सिराङ्ग गाउँपालिकामा रुपा खत्री, कैलाशमा राजकुमार स्याङ्बोलाई संयोजकको रुपमा तोकिएको छ ।

भेला प्रेस सेन्टर मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ (ख) का संयोजक दिलबहादुर लामाको सभाध्यक्षतामा तथा सेन्टरका जिल्ला सदस्य उमेश राईले भेलालाई सहजीकरण गर्नु भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*