प्रेस सेन्टर नेपाल मनहरी गाउँ कमिटिमा मोक्तानको नेतृत्व

राक्सिराङ्ग र कैलाश गाउँपालिकाको संयोजकमा खत्री र स्याङ्बो
ताम्सालिङ खबर
२३ आश्विन २०७८, शनिबार १८:३८

असोज, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरीमा प्रेस सेन्टर नेपाल, मनहरी गाउँपालिका कमिटि गठन गरिएको छ । मनहरी, राक्सिराङ्ग र कैलाश गाउँपालिकाको संयुक्त भेलाले शनिबार कमिटि गठन गरिएको हो ।

भेलाले मनहरी तर्फ बुलबुल खबर डटकमका जयराम मोक्तानको नेतृत्वमा ७ सदस्यीय मनहरी गाउँपालिका कमिटि गठन गरिएको छ । कमिटिको उपाध्यक्षमा सम्झना खडका, सचिवमा शिशुकुमार जिम्बा, कोषाध्यक्षमा सुनिता घलान, सदस्यहरुमा शुक्र चेपाङ्ग, कर्ण रिजाल र रश्मी स्याङ्गतान चयन भएका छन् ।

त्यस्तै, राक्सिराङ्ग गाउँपालिकामा रुपा खत्री, कैलाशमा राजकुमार स्याङ्बोलाई संयोजक तोकिएको छ । सो स्थानमा पछि बैठकमा कमिटि पूरा गर्ने गरि तोकिएको छ । भेला बागमती प्रदेश सभा सदस्य तथा पार्टीका प्रदेश कमिटि सदस्य ओमबहादुर ग्लानको प्रमुख आतिथ्यता तथा प्रेस सेन्टर मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ (ख) का संयोजक दिलबहादुर लामाको सभाध्यक्षतामा भएको हो ।

त्यस्तै गरि, बागमती प्रदेश कमिटि सदस्य बीरबहादुर घलान (ज्वाला), पार्टीको प्रचारप्रसार बिभाग प्रमुख कमान सिङ्ग पाख्रिन (पृथक), नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा प्रेस सेन्टरका बागमति प्रदेश संयोजक सुनिल खड्का, नेपाल पत्रकार महासघ बागमती प्रदेश महासचिव कृष्ण सारु मगर, प्रेस सेन्टर मकवानपुरकी संयोजक अन्जली थापा, पत्रकार महासंघ मकवानपुरकी सचिव शुभलक्ष्मी बिक, मनहरी गाउँपालिका कमिटीका इन्चार्ज राजकुमार पाख्रिन, अध्यक्ष राम प्रसाद कालाखेती, सचिवालय सदस्य दिपेन्द्र अधिकारी, दिलबहादुर स्याङबो, ७ नम्बर वडा कमिटिको अध्यक्ष गोबिन्द घलान, र राक्सिराङ्गका इन्द्रबहादुर थिङ्ग लगायतका नेताहरुको आतिथ्यता रहेको थियो । भेलालाई सेन्टरका जिल्ला सदस्य उमेश राईले सहजीकरण गर्नु भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*