माओवादी केन्द्र मनहरी ७ को आयोजनामा चियापान तथा शुभकामना आदाप्रदान

तामसालिङ खबर
२२ आश्विन २०७८, शुक्रबार १९:२१

असोज, हेटौडा (मनहरी) – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र मनहरी गाउँपालिका ७ नम्बर वडा कमिटिको आयोजनामा शुक्रबार बडा दशैँ, तिहार तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ ।

केन्द्रको बागमती प्रदेश कमिटि सदस्य बीरबहादुर घलान (ज्वाला) को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ७ नम्बर वडा कमिटिको अध्यक्ष गोबिन्द घलानको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा मनहरी गाउपालिका ईन्चार्ज राजकुमार पाख्रिन, पार्टीको जिल्ला सदस्य हिरालाल स्याङ्तान, उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिती अध्यक्ष नारायण सुबेदी, ७ नम्बर वडा अध्यक्ष ठाकुर तितुङ, एमाले ७ वडा अध्यक्ष शालिक बानिया, काङ्ग्रेसका वडा अध्यक्ष उमेश मुक्तान लगायत नेता कार्यकर्ताहरुको आतिथ्यता रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*