रजिष्टार प्रसाईले श्रीमतीलाई बनाए कार्यालय सहायक

तामसालिङ खबर
२२ आश्विन २०७८, शुक्रबार ०६:०३

असोज, हेटौंडा – मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईले आफ्नो पदको दुरुपयोग गर्दै प्रतिष्ठानको कर्मचारीमा आफ्नै श्रीमतिलाई नियुक्त गरेका छन् ।

प्रदेश लोकसेवा आयोग मार्फत कर्मचारी नियुक्ती गर्नुपर्ने प्राबधान मिचेर प्रसाईले आफ्नै श्रीमती कमला प्रसाई निरौलालाई कार्यालय सहायकमा नियुक्त गरेका हुन् ।

झापा मेची नगरकी प्रसाईलाई नियुक्ती गर्दा हेटौँडा मकवानपुरका ईश्वर सिलवाल बैकल्पिकमा परेका छन् । प्रसाईले आफु अन्तरबार्तामा नबसेको र अन्तरवार्ता छनौट कमिटिले योग्यताकै आधारमा छनौट गर्दा आफ्नी श्रीमति छानिएको दाबी गरे ।

प्रतिष्ठानले विभिन्न पदमा १४ जना कर्मचारी नियुक्ती गरेको छ । प्रदेश लोक सेवा आयोग गठन भईसकेको अवस्थामा आफ्नै नजिकका मानिस भर्ति गर्नका लागि प्रतिष्ठानले लोकसेवा आयोगलाई छलेको भन्दै आलोचना भईरहेको छ ।

निवर्तमान प्रदेश प्रमुख विष्णु प्रसाईका छोरा राजेश प्रसाईलाई प्रतिष्ठानको रजिष्टारमा नियुक्ती गरेको भनेर उनकै नियुक्तीका बेला समेत आलोचना भएको थियो । अहीले उनले आफ्नै श्रीमतिलाई नियुक्ती गरेपछि उनको थप आलोचना भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*