नेकपा माओवादी केन्द्र हेटौंडा २ को अध्यक्षमा रिजाल चयन

तामसालिङ खबर
२१ आश्विन २०७८, बिहीबार २१:१४

असोज, हेटौडा – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका २ को वडा कमिटी सम्मेलन भएको छ । सम्मेलनको उद्घाटन बागमति प्रदेश कमिटी सदस्य ललित घलानले गरेका छन् ।

सम्मेलनको उद्घाटन गदै माओवादी पार्टीलाई सबै मिलेर एक नम्बरको पार्टी बनाउनु पर्ने बताए । उनले सबै मिलेर पार्टीको काम गर्ने हो भने आउदो निर्वाचनमा पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।

कार्यक्रममा मकवानपुर जिल्ला सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक), इन्चार्ज विवेक राई, नगर अध्यक्ष तीर्थबहादुर थापामगर लगायत नेताहरुको उपस्थित रहेको थियो ।

भेलाले इन्द्रप्रसाद रिजालको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटी चयन गरेको छ । उपाध्यक्षमा विष्णुहरी वाइबा, सचिवमा ओम पुडासैनी, सह-सचिवमा झलक छतकुली, कोषाध्यक्षमा भवानी घिमिरे चयन भएका छन् ।

बिहिबार नै योङ कम्युनिस्ट लिग (वाईसीएल) वडा कमिटी चयन भएको छ । सदिम श्रेष्ठ संयोजक रहेको ५१ सदस्यीय वाइसियल वडा कमिटी गठन गरेको छ । नेकपा एकीकृत समाजवादी निकट अखिल फोर्सका मकवानपुर क्याम्पस इन्चार्ज विमल बस्नेत, विकास गोले लगायतका विद्यार्थी नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*