भुटनदेवी रोभर रेन्जर क्रयू दीक्षान्त समारोह

तामसालिङ खबर
२१ आश्विन २०७८, बिहीबार २१:०५

असोज, हेटौडा – हेटौंडा ४ स्थित भुटनदेवी उच्च माध्यमिक विद्यालयमा नेपाल स्काउट भुटनदेवी रोभर रेन्जर क्रयू उद्घाटन तथा दीक्षान्त समारोह भएको छ ।

हेटौंडा उपमहानगरपालिका स्थानीय स्काउट समिति संयोजक दीपेन्द्र रोक्काको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा २५ जना दीक्षित भएका थिए ।

क्रयू अध्यक्ष माधव प्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय स्काउट समिति सदस्य मेनका श्रेष्ठ, विष्णु श्रेष्ठ, जमुना थिङ, क्रयू संचालन संयोजक मुकेश मिश्र लगायत ५० जनाको सहभागिता रहेको थियो ।

१६ वर्ष माथीका कलेजका विद्यार्थी लक्षित गरी क्रयू सञ्चालन गरिने क्रयू संचालन संयोजक मिश्रले बताए । सोही अवसरमा विजया दशमीको शुभकामना आदानप्रदान समेत गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*