माओवादी केन्द्रले टुंग्यायो मन्त्री हुनेको नाम

तामसालिङ खबर
२० आश्विन २०७८, बुधबार १८:०३

असोज, काठमाडौं – नेकपा माओवादी केन्द्रले मन्त्रिपरिषदमा पठाउने थप मन्त्री र राज्यमन्त्रीको नाम टुंगो लगाएको छ । माओवादी केन्द्रको बुधबार बसेको स्थायी समिति बैठकले तीन मन्त्री र एक राज्यमन्त्री टुंग्याएको हो ।

माओवादी केन्द्रले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराजलाई मन्त्री पठाउने भएका छन् भने बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको छ ।

कस-कसलाई कुन-कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । सत्ता गठबन्धन बैठकमा माओवादीलाई थप भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, कृषि तथा पशुपंक्षी मन्त्रालय दिने सहमति भएको थियो ।

यसअघि नै माओवादी केन्द्रले अर्थमन्त्रीमा जनार्दन शर्मा अर्थ र उर्जा, जलस्रोत तथा सिचाईमन्त्रमिा पम्फा भुसाललाई पठाइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*