अखिल क्रान्तिकारी मकवानपुर क्याम्पस कमिटिको शुभकामना आदानप्रदान

तामसालिङ खबर
२० आश्विन २०७८, बुधबार १८:२२

असोज, हेटौडा – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) मकवानपुर क्याम्पस ईकाई कमिटीले कक्षा ११ का बिद्यार्थीलाई स्वागत तथा शुभकामना आदानप्रदान गरेको छ ।

कमिटीले नजिकिदै गरेको २०७८ सालको बडा दशैँ, नेपाल संवत, शुभदिपवाली र छठ पर्वको अवसरमा कक्षा ११ का बिद्यार्थीलाई स्वागतार्थ बुधबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।

अखिल क्रान्तिकारी केन्द्रिय सदस्य पबिना लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, क्याम्पस ईकाई कमिटिका अध्यक्ष छोइसाङ लामा स्याङ्तानको सभाध्यक्षतामा भएको थियो।

त्यस्तै माओवादी केन्द्रको बागमती प्रदेश कमिटिका सदस्य ललित घलान, हेटौंडा उपमहानगर अध्यक्ष तिर्थ बहादुर थापा, नेपाल प्रध्यपक संघ अध्यक्ष श्याम छत्कुली, कक्षा ११, १२ का प्राचर्या उत्तम अर्याल, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष श्रवण बर्तौला, उपाध्यक्ष अन्जु तुम्सिङ, सह-सचिब राजेन्द्र मुक्तान, झलक छत्कुली, अखिल क्रान्तिकारी बागमती प्रदेश सदस्य संग्राम बल लगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*