३३ किलो सुन प्रकरण र सनम शाक्य हत्या प्रकरणमा गोरे सहित ६ जनालाई जन्मकैदको फैसला

तामसालिङ खबर
२० आश्विन २०७८, बुधबार ०६:४३

असोज, काठमाण्डौ – साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा चुडामणि उप्रेती गोरे सहित ६ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत मोरङले मंगलबार बहस पछि यस्तो फैसला गरेको हो ।

जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले उक्त प्रकरणमा संलग्‍न ६ जनालाई जन्मकैद, १ जनलाई तीन वर्ष र १ जनलाई ६ महिनाको कैद सजाय सुनाएको हो ।

मुद्दाको मंगलबार अन्तिम सुनुवाइ गर्दै कर्तव्य ज्यानतर्फ ६ जनालाई जन्म कैद, एकलाई तीनवर्ष र एकलाई ६ महिनाको सजाय तोक्दै बाँकी सबै प्रतिवादीलाई सफाइ दिएको छ ।

अदालतले गोरे सहित, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्म कैदको सजाय तोकेको हो । राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद तोकिएको छ ।

मुद्दाको मुख्य प्रतिवादी उर्लाबारी मोरङका गोरे भनिने चुडामणी उप्रेतीसहित ७७ जना थिए । उनीहरु विरुद्ध मोरङ प्रहरीले २०७५ वैशाख १९ गते अपराधिक समूह स्थापना गरी सञ्चालन गरेको, सुनको अवैध कारोबार गरेको, अपहरण, शरिर बन्धक र कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङमा अभियोग पत्र दर्ता गरेको थियो ।

अभियोग पत्रमा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो माग गरिएको थियो । कूल प्रतिवादी मध्ये २१ जना अहिले पनि फरार छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*