माओवादी केन्द्र गढी ८ वडा कमिटीको अध्यक्षमा गोले

तामसालिङ खबर
१९ आश्विन २०७८, मंगलवार १६:०८

असोज, हेटौडा (मकवानपुर गढी) – नेकपा (माओवादी केन्द्र) गढी गाउँपालिका-८ को वडा कमिटीको अध्यक्षमा गोलबहादुर गोले चयन भएका छन् । सोमबार भएको कमिटीको भेलाले गोलेलाई अध्यक्षमा चयन गरिएको हो ।

यसैगरी, सचिवमा राजकुमार दोङ, सह-सचिवमा बुद्धकृष्ण पाख्रिन, कोषाध्यक्षमा चन्द्रमाया भोम्जन चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा जगतलाल गोले, जसविर रुम्बा, ज्ञानबहादुर घलान, युवराज तितुङ, मनरत्न लामा, भगत गोले, सुर्यबहादुर पाख्रिन, हर्कबहादुर गोले, अणबहादुर खड्का लगायत चयन भएको केन्द्र मकवानपुर प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) ले जानकारी दिए ।

भेला नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति सदस्य चन्द्र योञ्जनको प्रमुख आतिथ्यता तथा गढी गाउँपालिका कमिटीका अध्यक्ष राजकुमार खड्काको विशेष आतिथ्यतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*