खस्‍यो नेपालको पहिलो स्याटेलाइट

तामसालिङ खबर
१९ आश्विन २०७८, मंगलवार ०६:२२

असोज, काठमाडौँ – अन्तरिक्षमा २ वर्ष ३ महिना पूरा गरेर नेपालको पहिलो स्याटेलाइट ‘नेपाली स्याट-१’ सोमबार खसेको छ । मिसन भन्दा २१ महिनाबढी अन्तरिक्षमा रहेर नेपाली स्याटेलाइट सोमबार पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको हो ।

२०७६ साल असार २ गते अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट पृथ्वीको तल्लो कक्षमा छाडिँदै नेपाली स्याटसहित बर्डस-३ मिसन अन्तर्गत निर्मित स्याटेलाइट ।

नेपाली स्याट-१ अन्तरिक्षबाट पृथ्वीको अर्बिटमा सोमबार अपरान्ह ४ बजेर २६ मिनेटमा प्रवेश गरेको नेपाली स्याट मिसनका प्रमुख आभास मास्केले जानकारी दिए । सोमबार बिहान नेपाली-स्याट-१ सँगै अन्तरिक्षमा छाडिएको श्रीलंकाको राभाना-१ खसेको थियो ।

नेपाली स्याटेलाइटले अन्तरिक्षमा रहँदा १३ हजार ४५६ फन्को लगाएको स्याटेलाइटका अर्का निर्माणकर्ता हरिराम श्रेष्ठले जानकारी दिए । उनले भने,’नेपाली स्याटेलाइट ८४१ दिन अन्तरिक्षामा खस्यो । यसका सबै मिसन पूरा भए ।’ यसअघि नेपाली स्याटेलाइट अगस्टमा २४मा खस्ने प्रक्षेपण गरिएको थियो ।

२०७६ साल असार २ गते अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट नेपाली स्याट-१ सहित श्रीलंकाको राभाना-१ र जापानको इगिसु स्याटेलाइट एकसाथ पृथ्वीको तल्लो कक्ष(अर्बिट)मा छाडिएको थियो ।

बर्डस-३ मिसन अन्तर्गत यी स्याटेलाइट जापानको क्युटेक विश्वविद्यालयमा निर्माण गरेर अमेरिकाबाट २०७६ साल वैशाख ५ गते अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र(आईएसएस)मा पठाइएको थियो । आईएसएसमा पुगेको दुई महिनापछि ३ वटा स्याटेलाइट एकैसाथ अन्तरिक्षमा छाडिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*